काठमाडौँ । गुरु पद्मसंभव (गुरु रिन्पोछे) जन्म दिवस (छेच्यु) को अवसरमा आज काठमाडौँको बौद्ध महाँचैत्यमा गुरु पद्मसंभवको अष्टलिला धार्मिक नृत्य प्रस्तुत गरिएको छ । हिमाली बौद्ध परम्परामा आचार्य पद्मसंभवलाई दोस्रो बुद्धका रूपमा मानिने परम्परा रहेको छ ।
_19kGOy9EW3.jpg)
गुरु पद्मसंभवको समयमा हिमाली क्षेत्रमा बौद्धधर्म नरहेको र मानिसहरू अशान्त, दानवी प्रवृत्ति रहेकोमा पद्मसंभवले विभिन्न आठ वटा रूप प्रदर्शन गरी सामाजिक जीवन प्रधान गरेको हुनाले अष्टलिला धार्मिक नृत्य सुरु गरिएको बताइन्छ ।
_qR7LfUNrj0.jpg)
बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक मोहनकुमार तामाङका अनुसार गुम्बाहरूमा मात्र सीमित यस्ता परम्परागत र धार्मिक नृत्यको बारेमा सबैले जानकारी पाउन र पर्यटन प्रवर्द्धनका लागि पनि राम्रो हुने बताए ।
_6wp8k53sGo.jpg)
गुरु पद्मसंभवको पहिलो जन्ममा उनी र उनका दाजुभाइहरूले बौद्ध महाचैत्यको निर्माण गरेको बताइन्छ । त्यस कारण पनि गुरु पद्मसंभवको बौद्ध महाचैत्यसँग गहिरो सम्बन्ध रहेको बताइन्छ ।
_wfkSclUdP7.jpg)
_v1C5ohTrhU.jpg)
_tUXoURatTo.jpg)
_ytBwn0QrJH.jpg)
_waGKV9rUtW.jpg)
_CmiTDcmJPD.jpg)
_7pdAWzsHt5.jpg)
_vuejFOR7ND.jpg)
_UUo337Ob5S.jpg)
_Jcf8TbdBXv.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया