एन्फा युथ लिगमा पुलिस शीर्ष स्थानमा, एपिएफको सहज जित
काठमाडाैँ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबले जित निकाल्दै एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को विभागीय टोली एपिएफले पनि सफलता पाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्दा एपिएफले प्लानिङ ब्वाइजलाई ३–० ले हरायो ।
जितसँगै पुलिस ११ खेलबाट २८ अङ्क जोड्दै शीर्ष स्थानमा कायम छ । पराजित आर्मी समान खेलबाट ६ अङ्कका साथ १२औँ स्थानमा छ । पुलिसको जितमा समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी वीरविक्रम शाहले गोल गरे । आर्मीका जोयल गुरुङले गोल फर्काए ।
खेलको २१ औँ मिनेटमा समीरको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ९ मिनेटपछि नै मेसीले टोलीको अग्रता दोब्बर बनाए ।
यससँगै पहिलो हाफमा पुलिस २– ० ले अगाडि रह्यो । दोस्रो हाफमा आर्मी खेलमा फर्कने प्रयास गर्यो । आर्मीले गोल फर्काए पनि पुलिसले अर्को गोल थप्यो । जोयलले ७६औँ मिनेटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काउने सङ्केत दिएका थिए । तर, एक मिनेटपछि नै रोनीले गोल गर्दै पुलिसलाई ३–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन र पुलिसले सहज जित निकाल्यो ।
सोमबार नै सम्पन्न अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्यो । आदर्श मेचेको उत्कृष्ट प्रदर्शनप्रेरित एपिएफले युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडमाथि सहज जित निकालेको हो । जितसँगै एपिएफ ११ खेलबाट १९ अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । प्लानिङ ब्वाइज समान खेलबाट ६ अङ्कका साथ १३औँ स्थानमा छ ।
एन्फा कम्प्लेक्स मैदानमा एपिएफको जितमा आदर्शले दुई तथा विपिन छन्त्यालले एक गोल गरे । खेलको १४औँ मिनेटमा आदर्शको गोलमार्फत एपिएफले अग्रता लिएको थियो ।
३७औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा एपिएफ २–० ले अगाडि रह्यो । ७८औँ मिनेटमा प्लानिङ ब्वाइज १० खेलाडीमा समेटिएको थियो । लिलाराज पोखरेलले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि प्लानिङ ब्वाइज एक खेलाडीबिना खेल्नु परेको हो ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विपिनले एपिएफका लागि तेस्रो गोल गरे । यससँगै एपिएफले सहज जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण