जनार्दन शर्माको बधाई : कक्षा १२ पास गर्ने विद्यार्थीहरूलाई उज्वल भविष्यको शुभकामना
सोमबार, १९ साउन २०८२, २२ : १५
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले कक्षा १२ को परीक्षामा सफल विद्यार्थीहरूलाई बधाई दिएका छन्।
- शर्माले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।
- उनले विद्यार्थीहरूलाई देशको भविष्यको आधारस्तम्भको रूपमा चित्रण गरे।
काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भई सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूप्रति माओवादी केन्द्रका नेता जनार्दन शर्माले हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै शर्माले भनेका छन्, ‘यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भई सफलता प्राप्त गर्नु हुने सम्पूर्ण विद्यार्थी नानु बाबुहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु ।’
उनले यो सफलता भविष्यको उज्यालो यात्राको थालनी भएको उल्लेख गर्दै भनेका छन्, ‘तपाईंहरूको आगामी अध्ययन, करियर र जीवनमा अझ धेरै सफलता, खुशी र प्रगतिको कामना गर्दछु।’
नेता शर्माले विद्यार्थीहरूलाई देशको भविष्यका आधारस्तम्भका रूपमा चित्रण गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले आजै कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण