हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो
सारांश
- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये केहीलाई काठमाडौं पठाइएको छ र केहीलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ।
- दुर्घटनापछि माइक्रोबसका चालक फरार छन् र उनको खोजी भइरहेको छ।
खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर आज बिहान सिरहाको गोलबजारतर्फ फर्किँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माईक्रोबस अनियन्त्रित भइ सडकदेखि करिब २०० मिटर तल खस्दा एक जनाको मृत्यु र १७ जना घाइते भएका थिए ।
दुर्घटनामा परी सिरहा नराह गाउँपालिका–५ निवासी २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो । दुर्घटनाग्रस्त माईक्रोबसभित्रै च्यापिनु भएका ममतादेवीलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पुर्याइएकामा अस्पतालले मृत घोषणा गरेको हो ।
घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ३० वर्षीयाा पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव र सोही गाउँपालिकाको वडा नं. २ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव तथा धनुषा जिल्ला सबेला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव रहेका छन् । उनीहरु सबैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
दुर्घटनाका सामान्य घाइतेहरुको उदयपुर घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । माइक्रोबसका चालक सिरहा नगरपालिका–३ सारसोरका २८ वर्षीय रामनाथ साह फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण