कालिकोटको गगनेखोलामा फेरि पहिरो, कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध
सुर्खेत । अविरल वर्षाका कारण कालिकोटको गगनेखोलामा पुनः पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।मंगलबार दिउँसो २ बजेदेखि गएको पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी गराएको छ ।
सडक अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधनबिच बाटोमै अलपत्र परेका छन् ।डिभिजन कार्यालयका अनुसार, पहिरो गएको स्थानमा लगातार पानी परिरहेको र माथिबाट चट्टानसहितको लेदो खस्ने क्रम जारी छ । जसका कारण तत्काल सडक खुलाउन कठिनाइ भएको पनि सडक डिभिजनले उल्लेख गरेको छ ।
‘मौसममा सुधार नआएसम्म र पहिरो खस्ने क्रम नरोकिएसम्म मेसिनरी उपकरण चलाउन जोखिमपूर्ण छ, त्यसैले सडक सञ्चालनमा आउन केही समय लाग्ने देखिन्छ,’ कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ ।
सोही स्थानमा गएराति पनि पहिरोले सडक अवरुद्ध बनाएको थियो । उक्त पहिरो बिहान पन्छ्याएर यातायात सुचारु गरिएको केही घण्टामै दिनभरको वर्षाका कारण पुनः पहिरो खसेर राजमार्ग बन्द भएको हो ।
सम्बन्धित निकायले सम्पूर्ण यात्रुहरूलाई धैर्य गर्न र वैकल्पिक व्यवस्था नभएसम्म सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । सडक सुचारु भएपछि आधिकारिक फेसबुक पेज तथा अन्य माध्यमबाट जानकारी गराइने बताइएको छ ।
गगने खोला कर्णाली राजमार्गको सबैभन्दा जोखिम र पहिरो गइरहने स्थान हो । यद्यपि कडा चट्टाका कारण यसको दीर्घकालीन समाधानका लागि सरकारले ध्यान दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण