स्वतन्त्र कानुन व्यवसायी मञ्चले भन्यो– संविधानप्रदत्त अधिकारलाई बन्देज लगाउनु उचित होइन
काठमाडाैँ । स्वतन्त्र कानुन व्यवसायी मञ्चले सर्वोच्चको संवैधानिक इजलासमा गोला प्रणालीबारे अनावश्यक रूपमा विवाद सिर्जना गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चका अध्यक्ष यज्ञमणि न्यौपानेले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानले गरेको व्यवस्थालाई सम्मानित सर्वोच्च अदालतकै फूल कोर्टको बैठक समेतको निर्णयले निस्तेज गर्न नसक्ने जनाएका छन् ।
‘सम्मानित सर्वोच्च अदालतको नेतृत्वको संविधान प्रदत्त स्वविवेकीय अधिकारलाई अविश्वास गरी बन्देज लगाउने विषय स्वतन्त्र न्यायपालिकाको श्रीवृद्धि तर्फ हितकर होइन भन्ने विषयमा यस मञ्चको विश्वास रहेको छ’, न्यौपानेले विज्ञप्तिमा भनेका छन् ।
मञ्चले स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै न्यायपालिकाको साख र गरिमा श्रीवृद्धि गर्न इजलास गठन प्रक्रिया स्वच्छ, पारदर्शी र निष्पक्ष हुनुपर्दछ भन्ने अविचलित मान्यता रहको जनाएको छ ।
नेपालको संविधानको धारा १३७(१) मा स्पष्ट रुपमा संवैधानिक इजलासको गठन सम्बन्धमा सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ भनिएको छ ।
त्यस्तो इजलासमा प्रधान न्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने छन् भन्ने व्यवस्था छ ।
‘नेपालको संविधानले गरेको व्यवस्थालाई सम्मानित सर्वोच्च अदालतकै फूल कोर्टको बैठक समेतको निर्णयले निस्तेज गर्न सक्ने होइन । सम्मानित सर्वोच्च अदालतको नेतृत्वको संविधान प्रदत्त स्वविवेकीय अधिकारलाई अविश्वास गरी बन्देज लगाउने विषय स्वतन्त्र न्यायपालिकाको श्रीवृद्धि तर्फ हितकर होइन’, मञ्चले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण