वर्षा
इलाममा मध्यम वर्षाः साना खोलाहरूमा बहाव बढ्न सक्ने
बुधबार, २१ साउन २०८२, ०१ : १५
सारांश
- इलामको बरफल्यांग वर्षा मापन केन्द्रमा ३ घण्टामा मध्यम वर्षा मापन भएको छ।
- वर्षाका कारण खोलामा पानीको बहाव बढ्न सक्ने र जोखिम रहेको विभागको भनाइ छ।
- विभागले खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।
इलाम । इलाम जिल्लास्थित बरफल्यांग वर्षामापन केन्द्रमा पछिल्ला ३ घण्टामा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले त्यहाँबाट बग्ने साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको हो।
विभागले खोलानाला आसपास तथा होचा भू–भागमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। संभावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन र आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न पनि आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण