सहरमा बस्नेलाई शिविरमार्फत सेवा !
सारांश
- तेमाल गाउँपालिकाले काठमाडौँ उपत्यका लगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा दिएको छ।
- शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण तथा नवीकरण गरिएको छ, जसमा ५९१ जना लाभान्वित भए।
- गाउँपालिकाले काठमाडौँका विभिन्न स्थान र भक्तपुरमा शिविर सञ्चालन गरी सेवा प्रदान गरेको हो।
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौँ उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ । गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो ।
एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको सो गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले बताए । जहाँ गाउँपालिकाका नागरिक बस्छन् त्यही सेवा उपलब्ध गराउने उनले बताए ।
गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । काठमाडौँको कुमारीगाल शिविरबाट ६२, जोरपाटीबाट ८५, कपनबाट ५८, स्वयम्भूबाट ७१ र कोटेश्वरबाट एक सय ५२, भक्तपुरको सूर्यविनायकबाट ९८ र काभ्रेपलाञ्चोकको बनेपामा ६५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका उनले जानकारी दिए ।
उपत्यकालगायतका सहरमा बस्ने यहाँका नागरिक अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका सो गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण