‘सैयारा’ बन्यो भारतको सबैभन्दा धेरै कमाउने ‘प्रेमकथा’
सारांश
- बलिउड फिल्म 'सैयारा' ले विश्वभर ५०० करोड भारुभन्दा बढी कमाइ गरेको छ।
- मोहित सुरीको निर्देशनमा बनेको यो फिल्मले १८ दिनमा ५०७ करोड कमाएको छ।
- फिल्ममा अहान पाण्डे र अनित पद्डाको डेब्यू रहेको छ, जसलाई दर्शकले रुचाएका छन्।
मुम्बई । बलिउड फिल्म ‘सैयारा’ ले विश्वभर ५०० करोड भारुभन्दा बढी कमाएको छ। फिल्मको टोलीका अनुसार, सैयारा भारतको सबैभन्दा धेरै कमाउने प्रेमकथा बनेको हो।
यो निर्देशक मोहित सुरीको लागि विश्वव्यापी ५०० करोड क्लबमा सामेल हुने पहिलो फिल्म हो । १८ दिनमा फिल्मले विश्वव्यापी रूपमा कुल ५०७ करोड रुपैयाँ कमाएको छ ।
वाईआरएफका सीईओ अक्षय विधानीद्वारा निर्मित यो फिल्म अहान पाण्डे र अनित पद्डाको डेब्यू फिल्म हो। फिल्मको सफलताको बारेमा अक्षय विधानीले भने- ‘एक कम्पनीको रूपमा, हामी यो ठूलो सफलताको श्रेय फिल्मका कप्तान (निर्देशक) मोहित सुरीलाई दिन चाहन्छौँ जसले आजको पुस्तालाई उनीहरूले सम्बन्धित गर्न सक्ने प्रेमकथा दिए ।
साथै हाम्रा नयाँ स्टार अहान र अनितलाई पनि, जसले आफ्नो अभिनयले यो प्रेमलाई जीवन्त बनाए। आदित्य चोपडालाई उनको बलियो समर्थन र ‘सैयारा’ को सम्पूर्ण टोली जसले यो फिल्मलाई विश्वभर यति विशेष बनायो।’
सैयाराको विश्वव्यापी ग्रस बक्स अफिस : तेस्रो हप्तासम्म
· भारत– ३७६ करोड रुपैयाँ
·इन्टरनेशनल– १३१ करोड रुपैयाँ
· कुल विश्वव्यापी कमाई – ५०७ करोड रुपैयाँ (अगस्ट ४, २०२५ सम्म)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण