बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् नाइमा नेपाल मोबिलिटी एक्स्पो

बुधबार, २१ साउन २०८२, १२ : २४
बुधबार, २१ साउन २०८२

सारांश

  • नाइमाले काठमाडौंको भृकुटीमण्डपमा 'नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५' आयोजना गरेको छ।
  • प्रदर्शनीमा ३५ वटा नयाँ सवारी साधनहरू सार्वजनिक भएका छन्।
  • नाइमा अध्यक्षका अनुसार, यस क्षेत्रले १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको छ।

काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आजबाट सुरु भएको छ।  

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा ३५ वटा नयाँ सवारी साधनहरू लन्च भएका छन् । नाइमा अध्यक्ष ऋतु सिंह वैद्य मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताउँछिन् । 

naima expo (2)

अध्यक्ष वैद्यले यो क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्‍याएको जानकारी दिइन्। 

naima expo (3)

उनले ५५ लाखभन्दा बढी सवारी दर्ता भएको यो क्षेत्रले बिक्री, मर्मत, लजिस्टिक र पूर्वाधारलगायतका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको बताइन् ।  मोबिलिटीले शिक्षा, स्वास्थ्य, पर्यटन र वित्तीय सेवामा पहुँच बढाएर हजारौँलाई अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको पनि उनको भनाइ थियो । 

naima expo (4)naima expo (5)naima expo (6)naima expo (7)naima expo (8)naima expo (9)naima expo (10)naima expo (11)naima expo (12)naima expo (13)naima expo (14)naima expo (15)naima expo (16)naima expo (17)naima expo (18)naima expo (19)naima expo (20)naima expo (21)naima expo (22)naima expo (23)naima expo (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप