सांसद कार्कीको प्रश्न : गृहमन्त्रीलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन ?
सारांश
- राप्रपा सांसद रोशन कार्कीले गृहमन्त्रीलाई नेपालीको लास देखेर मुटु नकाँपेको भन्दै प्रश्न गरिन्।
- सांसद कार्कीले भिजिट भिसाको नाममा नेपाली विदेशमा बेचिएको र लास बन्न बाध्य भएको बताइन्।
- उनले भिजिट भिसाको नाममा हुने हत्याको विरोध गरेको बताइन्, तर भिजिट भिसाको होइन।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेचिएको बताइन् । बेचिएकाहरू अनेक दुःख पाएर लास बनी नेपाल फर्किन बाध्य रहेको उनले बताइन् ।
‘नेपाली दाजुभाइ दिदीबहिनी विदेशबाट लास बनी फर्केर आउँदा मुटु गृहमन्त्रीको काँप्दैन । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर नबेच । लास बनेर फर्किने अवस्थाको अन्त्य गर ।’
उनले आफूहरू भिजिट भिसाको विरोधी नभई भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी भएको बताइन् । उनले भनिन्– ‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौँ । भिजिट भिसाको विरोधी होइनौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण