मरेको अर्थतन्त्र भन्दै भारतसँग किन चिढिए ट्रम्प ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई निरन्तर धम्की दिइरहेका छन् । हालैका दिनमा भारत–अमेरिका व्यापार सम्झौताबारे निकै सकारात्मक अपडेटहरू दिएका ट्रम्पले अचानक भारतमाथि २५ प्रतिशतको उच्च भन्सार कर लगाइदिए ।
उनले भारतलाई रूसबाट तेल र हतियार खरिद जारी राखेमा थप जरिवाना बेहोर्नु पर्ने धम्की पनि दिएका छन् । रूसी तेल आयातमा भारतको अडान पछि अमेरिका भित्रिने भारतीय सामानमा अतिरिक्त भन्सार महसुल, ट्यारिफ लगाउने धम्की दिइएको छ ।
ट्रम्पले भारतीय अर्थतन्त्रलाई ‘मरेको अर्थतन्त्र’ समेत भनेका छन् । भारतले रूसबाट कच्चा तेल आयात गरेपछि ट्रम्प चिढिएका हुन् ।
अचानक भारतसँग ट्रम्पलाई किन भयो समस्या ? यस्ता छन् कारणः
रुससँग व्यापार वृद्धि
युक्रेनसँग रुसको युद्धलाई रोक्न ट्रम्पले आफूले सक्ने सबै उपाय अपनाइसकेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उच्च कर लगाउने धम्की पनि दिएका छन् ।
तर यसको कुनै प्रभाव देखिएको छैन । त्यसपछि ट्रम्पले रुससँग व्यापार गर्ने देशहरूलाई निशाना बनाउन थाले । यसमा भारत पनि पर्छ । यी सङ्केतहरू गत महिना नेटो महासचिव र ट्रम्पको बैठक पछि आएको थियो ।
त्यतिबेला ट्रम्पले रुसलाई ५० दिनमा युक्रेनसँगको युद्ध समाप्त गर्न समयसीमा दिएका थिए । यसपछि महासचिव मार्क रुटले भारत, चीन र ब्राजिललाई रुससँग व्यापार गर्दा भारी कर लगाउने स्पष्ट चेतावनी दिएका थिए । अब ट्रम्पले २५ प्रतिशतको ट्यारिफ लगाएर ट्यारिफ अरू बढाउन धम्की बारम्बार दिइरहेका छन् ।
भारतले रुससँग तेल मात्रै होइन हतियार पनि किन्छ । भारतमा रुसी आयात तीव्र गतिमा बढेको छ । ट्रम्पलाई यही कुराले चिन्तित पारेको हो । ठुलो मात्रामा रुसी तेल खरिद गरेर भारतले युक्रेनसँग युद्ध जारी राख्न रूसलाई मद्दत गरिरहेको अमेरिका ठान्छ ।
हालै अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले पनि भारतले रुसी तेल किनेर युक्रेनमा युद्ध जारी राख्न मद्दत गरिरहेको भनेर भनेका थिए । उनले यसलाई भारत–अमेरिका सम्बन्धमा तनावको प्रमुख कारण बताएका थिए ।
ब्रिक्सको भय
ट्रम्प चिढिनुको दोस्रो प्रमुख कारण ब्रिक्स हो । यसको संस्थापक देशहरूमा भारत पनि पर्छ । ट्रम्पले ट्यारिफ युद्ध शुरु गरेपछि ब्रिक्सलाई प्रत्यक्ष रूपमा निशाना बनाएका थिए ।
यो समूहमा रहेका देशहरूबाट अमेरिका आउने सामानमा १० प्रतिशतको अतिरिक्त शुल्क लगाउने पनि भनेका थिए । ब्रिक्स विश्वको उदीयमान अर्थतन्त्रहरूको समूह हो ।
यसका संस्थापक सदस्यहरूमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् । २००९ मा ब्रिक्सको स्थापना भयो । २०२४ को जनवरी १ मा इरान, इजिप्ट, इथियोपिया, इन्डोनेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) पनि यसमा सामेल भए ।
ब्रिक्सका संस्थापक सदस्य देशहरूमध्ये आर्थिक रूपमा बलियो रूस र चीनले आपसमा आफ्नो मुद्रामा व्यापार गर्दै आएका छन् । २०२२ मा रूसले ब्रिक्स देशहरूको लागि अन्तर्राष्ट्रिय मुद्रा पनि प्रस्ताव गरेको थियो ।
अन्तर्राष्ट्रिय व्यापारमा डलरमाथि निर्भरता कम गर्न ठुला देशहरूको तयारी अमेरिकाको प्रभुत्वको लागि ठुलो खतरा साबित हुन सक्छ र यो ट्रम्पको चिन्ताको ठुलो कारण हो । जसका कारण उनी भारत सहित अन्य ब्रिक्स सदस्यहरूमाथि कर्के नजर राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण