नेप्से परिसूचकमा झिनो सुधार, कारोबार रकम ७ अर्ब ६३ करोड
काठमाडौँ । सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेर २८३६.३५ विन्दुमा पुगेर बन्द भएको छ ।
परिसूचकमा सामान्य वृद्धि भए पनि आज कारोबार भने निराशाजनक देखिएको छ । आज बजारमा कुल ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कुल कारोबार भयो ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये ११२ वटाको मूल्य बढेको छ भने १३८ वटाको मूल्य घटेको छ । बजारको पुँजीकरण बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको सङ्ख्या धेरै भए पनि परिसूचक भने हरियो भएर बन्द भएको छ हो ।
आज सबैभन्दा धेरै कमाउनेमा विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर कम्पनी रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
अघिल्ला दुई दिन घटेको ट्रेड टावर आज सर्किट लेभलमा बढेको छ । सबैभन्दा धेरै गुमाउने थ्रिस्टार हाइड्रोपावरको मूल्य ३.७८ प्रतिशतले घटेको देखिएको छ ।
कारोबार रकमको आधारमा आज ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रह्यो । यी कम्पनीको क्रमशः २९ करोड ४५ लाख र एचआरएलको २८ करोड २ लाखको कारोबार भयो ।
आज बजारमा आठ वटा समूहका सूचक घट्दा पाँच वटा मात्रै बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण