गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना
बुधबार, २१ साउन २०८२, १६ : ४१
सारांश
- गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भयो।
- भिरकोट नगरपालिकामा भएको दुर्घटनामा गाडीको अगाडिको भागमा क्षति पुगेको छ।
- शर्मा वालिङमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किदै थिए र उनी सकुशल छन्।
काठमाडौँ । गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए ।
उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’
सडकको कल्भर्टमा ठोक्किएर गाडी दुर्घटना भएको हो । शर्मा सकुशल छन् । उनी वालिङमा आयोजित कार्यक्रममा सहभागी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण