सामान्य दुर्घटना हो, ठिक छु : पशुपति शर्मा
बुधबार, २१ साउन २०८२, १९ : १५
काठमाडौँ । गायक पशुपति शर्माले दुर्घटनामा आफू ठिक रहेको बताएका छन् ।उनले एक भिडियोमा दुर्घटनामा आफू लगायत सबै सामान्य नै रहेको बताएका हुन् ।
प्राप्त भिडियोमा पशुपतिको देब्रे हातमा ब्यान्डेज बाँधेको देख्न सकिन्छ । तर उक्त भिडियोमा उनले एक औँलामा सामान्य चोट लागेको बताए ।
बुधबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा उनी सहित शिव हमाल लगायत सवार कार दुर्घटना भएको थियो ।
उनीहरुले उक्त दुर्घटनालाई सामान्य गाडी चिप्लिएको समेत बताएका छन् । पोखराबाट वालिङ जाँदै गरेको ग१च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण