१७ औँ हिमालयन मेला : एनसीसीएसको २५ औँ स्थापना वर्ष भव्य बनाइने
सारांश
- क्यानडाको टोरोन्टोमा हिमालयन मेलाको १७औँ संस्करण र NCCS को २५औँ स्थापना दिवस मनाइने भएको छ।
- मेलामा नेपाली लोक संगीतका चर्चित कलाकार खेम सेन्चुरीको प्रस्तुति रहनेछ, साथै विभिन्न समुदायका सांस्कृतिक झाँकीहरू प्रदर्शन हुनेछन्।
- मेलामा खाना, व्यवसायिक स्टलहरू र विभिन्न सेवाहरू उपलब्ध हुनेछन्, जसमा १० देखि १२ हजार दर्शकको सहभागिता हुने अनुमान छ।
टोरोन्टो, क्यानडा । नेपाली समुदायको सांस्कृतिक पहिचान र एकतालाई प्रदर्शित गर्ने महत्त्वपूर्ण मञ्च मानिने हिमालयन मेला यस वर्ष आफ्नो १७ औँ संस्करणसँगै नेप्लिज कम्युनिटी सर्भिसेज (एनसीसीएस) को २५ औँ स्थापना वर्ष अर्थात् रजत जयन्तीमा भव्य रूपमा आयोजना हुन लागेको छ ।
टोरोन्टोको नेथन फिलिप स्क्वायरमा आगामी २०२५ अगस्ट ९ मा आयोजना हुने यस मेलाले नेपाली समुदायमा सांस्कृतिक समृद्धि, एकता र सामाजिक सहकार्यको नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
एनसीसीएसका महासचिव सुदर्शन सापकोटाले यसपटकको मेलालाई विगतका वर्षहरूसँग तुलना गर्दा धेरै फरक र विशेष हुने बताए । मेलाको औपचारिक उद्घाटन दिउँसो १ बजे हुने र साँझ ९ बजेसम्म कार्यक्रम सञ्चालन हुने पनि उनले जानकारी दिए । यस वर्ष मेलामा करिब १० देखि १२ हजारसम्म दर्शकहरूको उपस्थिति हुने अनुमान गरिएको छ ।
मेलामा मुख्य आकर्षणका रूपमा नेपाली लोकसंगीतका चर्चित कलाकार खेम सेन्चुरीलाई निम्त्याइएको छ । साथै, नेपालका विभिन्न जातीय समुदायहरूले प्रस्तुत गर्ने सांस्कृतिक नृत्य, परम्परागत बाजागाजा र सामुदायिक परेडले मेलालाई सांस्कृतिक बहुरंगी पर्व बनाउनेछन् ।
मेलामा नेवा, तामाङ, थारु, गुरुङ, मधेसी लगायतका समुदायहरूले आफ्नो विशिष्ट सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन् ।
खानापिन र व्यवसायिक स्टलहरूको समेत विशेष व्यवस्था गरिएको आयोजकले बताएको छ । मेलामा करिब २० वटा फुड स्टलहरू रहने पनि जानकारी दिइएको छ । यसबाहेक कन्सल्टिङ सेवा, इमिग्रेशन, रियल स्टेट, इन्स्योरेन्स, गहना व्यवसाय, हस्तकला र कपडालगायतका १० भन्दा बढी व्यवसायिक स्टलहरूले मेलामा आफ्नो सेवा–सुविधा प्रदान गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण