आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

एएफसी यू–२० महिला एसिया कप छनोट : भुटानसँग बराबरीमा रोकियो नेपाल

बुधबार, २१ साउन २०८२, २० : २९
बुधबार, २१ साउन २०८२

काठमाडौँ । २०२६ एएफसी यू–२० महिला एसिया कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो ।

नेपालले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । सेनु परियारले १० औँ मिनेटमा टोलीलाई अग्रता दिलाइन् । तर, लगत्तै भुटानकी केल्डेन वाङमोले बराबरी गोल फर्काइन् । दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन । 

नेपाल भुटानसँगै समूह एमा रहेको छ । यो समूहमा उत्तर कोरिया, साउदी अरब र मंगोलिया रहेका छन् । समूहको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरबमाथि १५–० को विशाल अन्तरले हराएको थियो । अब नेपालले दोस्रो खेलमा शुक्रबार साउदी अरबको सामना गर्नेछ । 

२०२६ एएफसी यू–२० महिला एसिया कप प्रतियोगिताको १२ औँ संस्करण हो । यो प्रतियोगिता सन् २०२६ को १ अप्रिलदेखि थाइल्याण्डमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप