आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रतिवेदनले कांग्रेसमाथि तेर्सियो प्रश्न, मोर्चाबाट बाहिरियो जनमत

बुधबार, २१ साउन २०८२, २२ : ००
बुधबार, २१ साउन २०८२

आज २०८२ साउन २१ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • कुलिङ पिरियड

संघीय निजामती विधेयकमा भएको ‘कुलिङ पिरियड’ सम्बन्धी छलछामबारे अध्ययन गर्न र सुझाव दिन गठित संसदीय छानबिन समितिको प्रतिवेदनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, सचिव सुरज दुरा र मुख्यसचिव एकनारायण अर्याललाई ‘नैतिक जिम्मेवार’ ठहर गरेको छ ।

  • कांग्रेसमाथि प्रश्न

 ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न बनेको संसदीय समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार देखाएको छ । 

  • यौन दुर्बलता

स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) र परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको २०२४ मा गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले पनि कुनै दीर्घरोग जस्तै- मधुमेह, उच्च रक्तचाप भएकाहरूमा यौन दुर्बलता बढी हुने गरेको देखाएको छ । मोटोपन धेरै भएका व्यक्तिमा अन्यको तुलना बढी यौन दुर्बलता देखिएको छ । 

  • रुपन्देही–३ उपनिर्वाचन

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । आन्तरिक रुपमा उम्मेदवार छनोटदेखि बुथ कमिटी गठनसम्मका काममा दलहरु व्यस्त छन् ।

  • लाउडा प्रकरण

लाउडा विमान भाडा प्रकरण नेपाली राजनीतिमा बहुचर्चित छ । २३ वर्ष पुरानो यस मुद्दाको अहिलेसम्म फैसला हुन सकेको छैन । सर्वोच्च अदालतमा यो मुद्दा दुई सयभन्दा बढी पटक पेशी चढ्दै घुमिरहेको छ । 

  • घरजग्गा

घरजग्गा क्षेत्र विगत केही वर्षदेखि सुस्त छ । मूल्य घटेको छ भने किनबेचको क्रम समेत सुस्त छ । घरजग्गा कारोबारमा संलग्न व्यवसायीको तर्क अनुसार यो अवधिमा घरजग्गाको मूल्य ३० प्रतिशत हाराहारीमा घटिसकेको छ । मूल्यांकनकर्ताले त यस्तो गिरावट ३० देखि ५० प्रतिशतसम्म रहेको बताउँदै आएका छन् । 

  • कहिल्यै 'सुध्रिएन' मधेस

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्रै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि मधेस प्रदेशका अधिकांश स्थानीय तहले यसलाई निरन्तर बेवास्ता गर्दै आएका छन् । 

  • स्थानीय तह

स्थानीय तहहरूमा बजेट खर्च गर्ने क्षमतामात्र होइन, खर्च भएको रकमको पारदर्शिता र वैधानिकतामाथि पनि प्रश्न बढेको छ । महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष अर्बौंको बेरुजु औँल्याएको छ ।

  • नाइमा एक्स्पो

भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड ग्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा बुधबार सुरु भएको एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन् । एक्स्पो पाँच दिनसम्म चल्ने छ । 

  • सर्वोच्चको व्याख्या

सर्वोच्च अदालतले बहुमतको सरकार गठन हुने सम्भावना रहेसम्म संविधानको धारा ७६ (२) प्रयोग गर्न मिल्ने भनी व्याख्या गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप