कुमारी बैंकको नाफा २ अर्ब माथि, लाभांश भने दिन नसक्ने
सारांश
- कुमारी बैंकले आर्थिक वर्ष २०८१-८२ मा २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको भन्दा धेरै गुणा बढी हो।
- बैंकको नाफा बढ्नुको मुख्य कारण इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकम घट्नु र खुद ब्याज आम्दानीमा वृद्धि हुनु हो।
- यद्यपि नाफा बढे पनि बैंकले लाभांश बाँड्न सक्ने अवस्था छैन, किनकि उठ्न बाँकी ब्याजका कारण नियामकीय समायोजन गर्नुपरेको छ।
काठमाडौँ । कुमारी बैंकको नाफा २ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८१-८२ मा बैंकले २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको भन्दा ४५० गुणाभन्दा बढी हो । अघिल्लो वर्ष यस्तो नाफा जम्मा ४६ लाख रुपैयाँ रहेको थियो ।
बैंकले इम्पेरिमेन्ट चार्जमा छुट्टयाउनुपर्ने रकम अघिल्लो वर्षको तुलनामा घट्नु यो वर्ष नाफा बढ्नुको मुख्य कारण रहेको देखिएको छ । त्यसबाहेक बैंकले व्यवसायबाट आर्जित नाफामा समेत सामान्य वृद्धि गर्न सफल भएको छ ।
बैंकले खुद ब्याज आम्दानीबापत अघिल्लो वर्ष १० अर्ब ८० करोड आर्जन गरेकोमा यो वर्ष ११ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । शुल्क तथा ब्याजसम्बन्धी आम्दानी २ अर्ब ९ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ ।
बैंकले अघिल्लो वर्ष इम्पेरिमेन्ट चार्जमा ६ अर्ब ८४ करोड छुट्याएकोमा यो वर्ष २ अर्ब ७९ करोड छुट्याएको छ ।
कुमारीले यो अवधिमा कर्मचारी खर्चमा वृद्धि गर्दा सञ्चालन खर्चमा भने सुधार ल्याएको छ ।
बैंकको निक्षेप यो वर्ष बढेको छ भने कर्जा प्रवाह घटेको देखिन्छ । अघिल्लो वर्षको असार मसान्तमा ३ खर्ब ३३ अर्ब रहेको निक्षेप ३ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा प्रवाह २ खर्ब ६८ अर्बबाट २ खर्ब ६० अर्बमा झरेको देखिन्छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात ६.४२ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपात १२.९८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ४.७४ प्रतिशत, सीडी अनुपात ७५.७३ प्रतिशत, बेसरेट ६.४४ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत तथा पुँजी कोषमा प्रतिफल ५.६८ प्रतिशत रहेको छ ।
यो वर्ष नाफामा सुधार भए पनि बैंकले लाभांश बाँड्न भने सक्ने छैन । उठ्न बाँकी ब्याजको रकम बढ्दा बैंकले नियामकीय समायोजनबापत ठुलो रकम छुट्टाउनु परेकोले बैंकको वितरणयोग्य नाफा नकारात्मक अवस्थामा देखिन्छ ।
२६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग अहिले रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यस अनुसार बैंकको नेटवर्थ १४२.४९ रुपैयाँ रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण