अफलाइन चलाउने ७ जना पठाओ चालक माछापोखरीबाट पक्राउ
बिहीबार, २२ साउन २०८२, ११ : ५०
सारांश
- प्रहरीले बालाजुको माछापोखरीबाट अफलाइनमा पठाओ चलाएको आरोपमा ७ जना राइडरलाई नियन्त्रणमा लिएको छ।
- पक्राउ पर्नेमा दोलखा, गोरखा, नुवाकोट, र धादिङ लगायतका विभिन्न स्थानका व्यक्तिहरू छन्।
- यात्रुको सुरक्षालाई ध्यानमा राख्दै, प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको र सम्झाई बुझाईपछि छाड्ने बताएको छ।
काठमाडौँ । अफ लाइनमा पठाओ चलाएको आरोपमा प्रहरीले बालाजुको माछापोखरीबाट ७ जना राइडरलाई नियन्त्रणमा लिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर घर भएका टेक बहादुर अधिकारी, गोरखा घर भएका जीवन कुमाल, नुवाकोट घर भएका नारायण पुडासैनी, तार्केश्वर घर भएका रामभक्त अर्याल, धादिङका रोशन चेपाङ, नुवाकोट तादीका केदार तिमल्सिना र धादिङका कुलबहादुर गुरुङ छन् ।
अफलाइनमा पठाओ चलाउँदा यात्रुको ‘असुरक्षा’ हुने हुनाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘हिजो पक्राउ गरिएको हो, सम्झाई बुझाई गरेर छाड्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण