बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको व्यवस्था गर्न धवलले गराए सरकारको ध्यानाकर्षण

बिहीबार, २२ साउन २०८२, १२ : ०६
बिहीबार, २२ साउन २०८२

सारांश

  • राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले नेपालगन्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
  • उनले सिधा हवाई उडानले मानसरोवर दर्शनार्थी र आर्थिक गतिविधि बढाउने बताए, साथै यस विषयमा संसदमा छलफल भए पनि प्रगति भएको छैन।
  • राणाले नेपालगन्ज विमानस्थलको क्षमता उपयोग गरी भारतका विभिन्न शहरहरूमा हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा धवल शमशेर राणाले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपालगन्ज पश्चिम नेपालको प्रवेशद्वार रहेको र यो क्षेत्रबाट हजारौँ भारतीय हिन्दु धर्मावलम्बीहरू नेपाल भित्रिने गरेकोले सिधा हवाई उडान सञ्चालन भएमा मानसरोवर दर्शनका लागि भक्तजनहरूको आगमन वृद्धि हुनुका साथै बाँके र आसपासको क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने उनले उल्लेख गरेका छन् । 

 

यस विषयमा पटक–पटक संसद्मा छलफल भए पनि ठोस प्रगति नभएको तथ्य उल्लेख गर्दै राणाले नेपालगन्ज उद्योग वाणिज्य सङ्घले पनि सम्बन्धित निकायसँग पहल सुरु गरेको बताएका छन् । 

नेपालगन्ज विमानस्थल पश्चिम नेपालको पुरानो र हाल स्तरोन्नति भई अन्तर्राष्ट्रिय उडानका लागि सक्षम रहेको तथा यसको क्षमता उपयोग गरी अन्तरप्रदेशीय र क्षेत्रीय उडान सञ्चालन गर्नुका साथै नेपाल र भारतबिचको सांस्कृतिक, व्यापारिक र ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै नेपालगन्जबाट दिल्लीलगायत अन्य महत्त्वपूर्ण भारतीय सहरहरूसँग हवाई सम्पर्क स्थापना गर्नु आवश्यक देखिएको राणाले बताएका छन् । 

526613653_1423347715582527_3241982428052090985_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप