एसपी नवीनकृष्ण भण्डारीले दिए राजीनामा
सारांश
- एसपी नवीनकृष्ण भण्डारीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।
- भण्डारी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए र गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको छ।
- रिक्त पदमा डीएसपी वीरेन्द्र थापा र प्रहरी नायव उपरीक्षक पदमा इन्स्पेक्टर राजु अधिकारीलाई बढुवा सिफारिस गरिएको छ।
काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् । प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् ।
प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न इन्स्पेक्टर राजु अधिकारीलाई सिफारिस गरिएको छ । तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत अधिकारी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा थिए ।
उनी अनुसन्धानमा काविल अधिकृतको रूपमा चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण