मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कम उमेरका एकल महिलालाई सीप सिकाएर रोजगारी दिनुपर्छ : सांसद कुसारी

बिहीबार, २२ साउन २०८२, १७ : २०
बिहीबार, २२ साउन २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले कम उमेरका काम गर्न सक्ने एकल महिलाहरूलाई भत्ता दिने नभई सीप सिकाइ रोजगारी दिनुपर्ने बताएकी छन् । 

बिहीबारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  उनले एकल महिलाहरूको हकमा भत्ता दिने मात्रै काममा सरकार लालायित भएको आरोप लगाइन् । 

उनले एकल महिलाहरू २० वर्षदेखिका समेत रहेको भन्दै उनीहरूलाई काम सिकाएर रोजगारी दिन जरुरी रहेको बताइन् । त्यसमा सरकार गम्भीर हुन नसकेको उनले आरोप लगाइन् । 

उनले भनिन्,‘एकल महिलाको हकमा भत्ता दिन मात्रै लालायित भयौँ । एकल महिला त २० वर्षदेखिका पनि छन् । उनीहरू श्रम गर्ने उमेर हो । युवा बेलामा पनि एकल महिला हुँदा सीप दिएर रोजगारी दिने की भत्ता दिएर मात्रै उनीहरूलाई राख्ने । राज्य त्यसमा गम्भीर नभएको देखियो । ठोस उपलब्धि जिरो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप