अनलाइन सञ्चारमाध्यमको दर्ता गृह मन्त्रालय मातहतको निकायमा गर्नुपर्ने प्रावधान खेदजनक : प्रेस सेन्टर
सारांश
- प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यमको दर्ता गृह मन्त्रालयमा लैजाने निर्णयको विरोध गरेको छ।
- सेन्टरले सरकारको यो निर्णयलाई मिडिया नियन्त्रण र सङ्घीयताको विरुद्धको कदम भनेको छ।
- प्रेस सेन्टरले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया रोकेकोमा आपत्ति जनाएको छ।
काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने प्रावधान खेदजनक रहेको प्रेस सेन्टर नेपालले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत सञ्चार मन्त्रालयको अधिकार कटौती गरी गृह प्रशासनको जिम्मा लगाउने सरकारको निर्णय तत्काल सच्याउन सेन्टरले माग गरेको हो ।
सङ्गठनले उक्त व्यवस्था मिडिया नियन्त्रण गर्ने सरकारी प्रवृत्तिको एक उदाहरण भएको उल्लेख गरेको छ। ’यो व्यवस्था मिडिया नियन्त्रण गर्न खोज्नु, सङ्घीयता अस्वीकार गर्नु र संविधान तथा राष्ट्रिय आमसञ्चार नीतिको विपरीत कार्य गर्नु हो,’ प्रेस सेन्टरका महासचिव मनोज घर्ती मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले तीन दिनदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया रोकेर गम्भीर अन्योल सृजना गरेको भन्दै प्रेस सेन्टरले त्यसको पनि भर्त्सना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण