खेलकुद
नेपाल टी–ट्वान्टी लिगको बाँकी रकम खेलाडीले चाँडै पाउँछन् : अध्यक्ष चन्द
बिहीबार, २२ साउन २०८२, २० : ०४
काठमाडौँ । नेपाल टी–२० लिगमा खेलाडीहरूले पाउन बाँकी रकम छिट्टै उपलब्ध गराइने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बिहीबार बाँकी रहेका खेलाडीलाई रकम चाँडै दिइने बताएका हुन्।
क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैयाँको ‘लिगले क्लिन चिट पाएको’ भन्ने भनाइविरुद्ध खेलाडीहरूले सामाजिक सञ्जालमा आपत्ति जनाएका थिए।
राष्ट्रिय टोलीका करण केसी र भीम सार्कीले आफूहरूले अहिलेसम्म पारिश्रमिक नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।अध्यक्ष चन्दले भने सबै खेलाडीले रकम पाउने निर्णय गत वर्ष पोखरामा सम्पन्न साधारण सभाले गरिसकेको बताएका छन्।
‘क्यानको तर्फबाट दुई मत छैन,’ उनले भने, ‘३०–४० प्रतिशत रकम पाउन बाँकी केही खेलाडी छन्। त्यो चाँडै उपलब्ध गराइनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराडोनाको विवादास्पद गोलसँगै पराजित भएकै मैदानमा मेक्सिकोसँग भिड्दै इंग्ल्यान्ड
-
पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीकाे ध्यानाकर्षण
-
प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी
-
बङ्गलादेशको निर्यातमा सामान्य कमी
-
शिथिल अर्थतन्त्रलाई गति दिने मौद्रिक नीतिको खोजी
-
अढाई सय वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण