हाम्रो फरक मत पार्टी विभाजनको लागि होइन : राप्रपा महामन्त्री जबरा
सारांश
- राप्रपा महामन्त्री धवल शमशेर जबराले पार्टी विभाजनको मनसाय नभएको बताए, विधान विपरीतका कार्य सच्याउन पहल गरिरहेको उनको भनाइ छ।
- पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केही नेताहरूलाई विधान विपरीत कारबाही गरेको र त्यसैका कारण निर्वाचन आयोगमा उजुरी परेको जबराको भनाइ छ।
- महामन्त्री जबराले पार्टीमा फरक मत राख्नेहरूको सुनुवाइ हुनुपर्ने र सामूहिक निर्णय हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुको फरक मत पार्टी विभाजनको लागि नभएको बताएका छन् ।
उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरीत भएको कार्यलाई सच्याउन आफूहरू लागिपरेको बताए । यसलाई पार्टी विभाजनको रूपमा नहेर्न पनि उनले आग्रह गरे । पार्टी विभाजन गर्ने आफूहरूको कुनै सोच नभएको उनले बताए ।
जीवन्त पार्टीभित्र केही मतभेद हुने भन्दै उहाँले त्यहीअनुसार केही मतभेदहरू देखिएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले मतभेदहरूलाई आन्तरिक रूपमा बसेर सल्ट्याउन नसक्दा आफूहरू निर्वाचन आयोगको ढोकामा पुगेको उनको भनाई छ ।
महामन्त्री जबराले पार्टी नेतृत्वले पार्टीको विधान विपरीत गरेका कारबाही, पदमुक्तिहरूलाई पुनः बहाली गर्ने दाबी गरे । पार्टीको विधान विपरीत सामान्य स्पष्टीकरण समेतको मौका नदिईकन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केही नेताहरूलाई कारबाही गरेको उनको भनाई छ ।
एकलौटी ढंगबाट गरिएको कारबाहीको विरुद्धमा आफूहरू निर्वाचन आयोग गएको उनले बताए । आयोगले पार्टीलार्ई कारबाहीका निर्णयका सम्बन्धमा सोधेको र पार्टीले पनि आयोगलाई जवाफ पठाइसकेको उनले जानकारी दिए । उनले आयोगले के निर्णय गर्छ भन्ने पर्खाइमा आफूहरू रहेको बताए ।
पार्टी अध्यक्ष लिङलेनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट बर्खास्त गरे । महामन्त्री जबरालाई समेत संगठन विभाग प्रमुखबाट हटाइएका छन् । उक्त कारबाही तथा पदमुक्ति पार्टीको विधान विपरीत भएको भन्दै उनीहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । विधानमा कारबाही गर्ने, पदमुक्त गर्ने विषय स्पष्ट रूपमा नै भएपनि त्यसलाई मिचेर, उल्लङ्घन गरेर कारबाही तथा पदमुक्त भएको महामन्त्री राणाको आरोप छ ।
महामन्त्री जबराले पार्टीमा सुरुवातबाटै स–साना कुराहरूमा पनि कारबाही हुँदै आएको बताए । यसलाई पार्टीभित्रै समाधान गर्ने प्रयास गरेपनि पछिल्लो समय नसकिएको उनको भनाई छ । उनले उपचारको क्रममा आफू मुम्बई गएको बेला थाहा नै नदिई पदमुक्त गरिदिएको बताए । त्यस्तो संवेदनशील अवस्था आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ ।
उनले आफूहरूमाथि भएको कारबाही कतिपयले चैत १५ गते तीनकुनेमा भएको घटनालाई जोडेर लिने गरेको भएपनि त्यसमा कुनै सत्यता नभएको बताए । नजिकिँदै गरेको महाधिवेशन, पार्टी नेतृत्वको एकल निर्णयको विरोध गरेको लगायतका कारण आफूहरू कारबाहीमा परेको उनको भनाई छ ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएकोले यहाँ भएका निर्णयहरू सामूहिक हुनुपर्ने बताए । पार्टीमा फरक मत राख्नेहरूको पनि सुनुवाइ हुनुपर्ने उनको भनाई छ । सबै विषयमा सर्वसम्मत गर्ने प्रयास गर्नुपर्ने र सर्वसम्मत हुन नसकेका विषयमा नोट अफ डिसेन्ट लेख्न पाउनुपर्ने उनले बताए । साथै ठूला निर्णयहरू गर्नुभन्दा पहिला सबैसँग सरसल्लाह गर्नुपर्ने उनको भनाई छ । एकलौटी ढंगले निर्र्णयहरु गर्दा पार्टीमा मतभिन्नता हुने र यसले पार्टीमा समस्या ल्याउने उनले बताए ।
महामन्त्री राणाले नवराज सुवेदीले पार्टीबाट राजीनामा नदिएको पनि बताए । कुनै एक परिप्रेक्ष्यमा पार्टी छाडे भन्नुपर्ने स्थिति आएपछि सुवेदीले पार्टी छाडे भनेपनि राजीनामा नदिएको महामन्त्री राणाको भनाई छ । डा प्रकाशचन्द्र लोहनीको घरमा अध्यक्ष लिङदेन र सुबेदीबिच एक प्रकारको सम्झौता भएको पनि उनले स्मरण गरे । एउटा वरिष्ठ नेतालार्ई पार्टीबाट, पदबाट त्यसरी हटाउनू उचित नहुने उनले बताए ।
महामन्त्री राणाले विद्यान विपरीतका कारबाही, निर्णयहरूलाई निर्वाचन आयोगले रोक्नेमा आफू विश्वस्त रहेको बताए । एकलौटी रूपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने आफूहरूको धारणा रहेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण