नयाँ संसद् भवनको काम समयमै सक्न दुई चरणमा काम गर्नुपर्छ: हितराज पाण्डे
शुक्रबार, २३ साउन २०८२, ११ : ३९
सारांश
- माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नयाँ संसद् भवनको काम समयमै सक्न दुई चरणमा काम गर्नुपर्ने बताए।
- उनले असार १७ देखि साउन १५ सम्मको प्रगति ३.३० प्रतिशत मात्रै रहेको भन्दै समयमै काम नसकिएकोमा चिन्ता व्यक्त गरे।
- पाण्डेले संसदीय समिति सरकारलाई सहयोग गर्न सचेत रहेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले निर्माणाधीन नयाँ संसद् भवनको काम समयमै सम्पन्न गर्न दुई चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले असार १७ देखि साउन १५ सम्मको प्रगति ३।३० प्रतिशत मात्रै रहेकाले त्यो कति सन्तोषजनक हो ? भन्दै प्रश्न उठाए । उनले पहिलादेखि नै काम सम्पन्न गर्ने भनेपनि समयमा काम नसकिरहेको बताइ। समय मात्रै थप गर्ने कुराले अझै पनि समयमै काम सम्पन्न हुनेमा आशङ्का बढेको उनले बताए ।
प्रमुख सचेतक पाण्डेले के गर्दा सरकारलाई सहयोग हुन्छ त्यो काम मात्र गर्न संसदीय समिति सचेत रहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण