यो वर्ष २४ क्यासिनोले जुवा खेलाउन पाउने (सूचीसहित)
सारांश
- आगामी आर्थिक वर्षका लागि सरकारले २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ।
- काठमाडौं उपत्यका र उपत्यका बाहिरका प्रमुख सहरहरूमा सञ्चालित क्यासिनोहरूको नवीकरण गरिएको छ।
- नवीकरण हुने क्यासिनोहरूमा प्रतिष्ठित होटलहरू र पर्यटकीय केन्द्रहरूमा रहेका क्यासिनोहरू समावेश छन्।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यी कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरेपछि सञ्चालन अनुमति नवीकरण गरेको हो ।
विभागद्वारा सार्वजनिक गरिएको सूचीअनुसार, काठमाडौँ उपत्यकाका ८ वटा र उपत्यका बाहिरका प्रमुख सहरहरूमा सञ्चालित १६ वटा क्यासिनोको इजाजत नवीकरण भएको छ । नवीकरण हुनेमा काठमाडौँका प्रतिष्ठित होटेलहरूमा सञ्चालित क्यासिनोदेखि नेपालगञ्ज, भैरहवा, झापा, विराटनगर, वीरगञ्ज र पोखरा जस्ता पर्यटकीय तथा व्यापारिक केन्द्रमा रहेका क्यासिनोहरू समेत समावेश छन् ।
काठमाडौँमा होटल मल्ल परिसरको ’श्री बेल्लिज नेपाल’, म्यारियट होटल परिसरको ’श्री डेल्टीइन नेपाल’, सोल्टी होटल परिसरको ’श्री माजोङ्ग इन्टरटेन्मेन्ट’ र तारागाउँ रिजेन्सी होटल परिसरको ’श्री प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन’ लगायतका क्यासिनोको नवीकरण भएको छ।
त्यसैगरी, उपत्यका बाहिर रुपन्देहीको सिद्धार्थनगर र भैरहवा क्षेत्रमा सबैभन्दा धेरै क्यासिनो सञ्चालनमा छन् । झापा, मोरङ, पर्सा, बाँके, कास्की र कपिलवस्तुमा समेत क्यासिनोहरू सञ्चालनमा रहनेछन् । भारतीय पर्यटकलाई आकर्षित गरेर सीमा छेउमा धेरै क्यासिनोहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण