नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न
सारांश
- नेशनल लाइफ इन्स्योरेन्सले धुलिखेलमा 'रिडिफाइनिङ सक्सेस' नारासहित ४ दिने ब्रान्च मेनेजर्स सम्मेलन गर्यो।
- सम्मेलनमा १५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो, जसमा नेतृत्व विकास र सम्पत्ति शुद्धीकरणबारे प्रशिक्षण दिइयो।
- उत्कृष्ट शाखा र कर्मचारीलाई सम्मान गरिएको थियो र आगामी वर्षको लागि व्यावसायिक लक्ष्य पूरा गर्न प्रोत्साहन गरियो।
काठमाडौँ । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलमा सम्पन्न गरेको छ । सम्मेलन कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व लाई आत्मसात् गरी तोकिएको व्यावसायिक लक्ष्य पुरा गर्ने सबै शाखाहरूलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय सङ्कलन गर्न सफल भएकोमा सम्पूर्ण शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई बधाई ज्ञापन गरिन् उनले आगामी दिनहरूमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाइलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।
सम्मेलनमा सहभागी हुनुभएका कर्मचारीहरूलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिल केशरी शाहज्यूले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेका थिए । यसै गरी नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उप निर्देशक श्री पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे ।
साङ्गीतिक प्रस्तुति तथा कर्मचारीहरू बिच टग अफ वार, फुटसल प्रतियोगिता जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको सो सम्मेलनमा आ.व. २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरू लगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरू र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण