समाचार
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
शुक्रबार, २३ साउन २०८२, १४ : ०६
सारांश
- ललितपुरमा पानीको नमुना परीक्षण गर्दा फिकल कोलिफर्म भेटिएको छ।
- परीक्षण गरिएका २८ नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म पुष्टि भएको छ।
- दूषित पानी पिउँदा झाडापखाला, हैजा र टाइफाइड जस्ता रोग लाग्न सक्ने सम्भावना रहेको छ।
ललितपुर । ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीका नमुनामा फिकल कोलिफर्म देखिएको ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।
परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको डा. पौडेलले बताए । परीक्षणका लागि गोदावारी नगरपालिका, माहाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।
नमुना परीक्षणको क्रममा भेटिएको फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो । यसरी दूषित पानी पिउँदा झाडापखाला र हैजा टाइफाइड लगायतका सरुवा रोग फैलन सक्ने भएकाले सचेत हुन प्रमुख डा. पौडेलको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण