एएफसी यु–२० महिला एसिया कप
अन्तिम मिनेटमा गोल गर्दै नेपालले साउदी अरबलाई हरायो
शुक्रबार, २३ साउन २०८२, १५ : ४०
सारांश
- नेपालले एएफसी यु-२० महिला एसिया कप छनोटमा साउदी अरबलाई १-० गोलले पराजित गर्यो।
- खेलको अन्तिम मिनेटमा सुक्रिया मियाँले निर्णायक गोल गरिन्, जसले जित सुनिश्चित गर्यो।
- नेपालले अब तेस्रो खेलमा उत्तर कोरियाको सामना गर्नेछ।
काठमाडौँ । २०२६ एएफसी यु–२० महिला एसिया कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरबलाई पराजित गरेको छ । भुटानको चाङलिमिथाङ स्टेडियममा सम्पन्न खेलमा नेपाल १–० गोलले विजयी बनेको हो ।
खेलको अन्तिम मिनेटमा सुक्रिया मियाँले निर्णयाक गोल गर्दै नेपाललाई जित दिलाइन् । यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अब नेपालले तेस्रो खेलमा आइतबार उत्तर कोरियाको सामना गर्नेछ ।
नेपाल समूह ए मा रहेको छ । यो समूहमा भुटान, उत्तर कोरिया र साउदी अरब रहेका छन् । २०२६ एएफसी यु–२० महिला एसिया कप प्रतियोगिताको १२ औँ संस्करण हो ।
यो प्रतियोगिता सन् २०२६ को १ अप्रिलदेखि थाइल्यान्डमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण