मधेसमा मल अभाव: कालोबजारी गर्नेलाई कारबाही गर्न आम जनता पार्टीको माग
सारांश
- आजपाले मधेस प्रदेशमा रासायनिक मलको अभाव र कालोबजारीबारे सरकारको ध्यानाकर्षण गराएको छ।
- पार्टी अध्यक्ष उमेश कुशवाहाले किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरे।
- बैठकमा मलको कालोबजारी गर्ने सहकारी र डिलरलाई कारबाही गर्न माग गरिएको छ।
रौतहट । मधेस प्रदेशमा रासायनिक मलको सङ्कट र यसमा भइरहेको कालोबजारीप्रति आम जनता पार्टी (आजपा) ले सरकारको ध्यानाकर्षण गराएको छ। बाराको बेलहियामा सम्पन्न पार्टीको बैठकमा प्रदेश अध्यक्ष उमेश कुशवाहाले सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै आक्रोश व्यक्त गरे।
अध्यक्ष कुशवाहाले भने, "राज्यले मधेस प्रदेशका किसानहरूलाई आवश्यक मल-खाद उपलब्ध गराउन पूर्ण रूपमा असक्षम देखिएको छ। बजारमा डीएपी र युरिया मलको व्यापक कालोबजारी भइरहेको छ र सरकार मौन छ।"
उनका अनुसार, सरकारले अनुदान दिएर डीएपी मलको मूल्य २४ सय रुपैयाँ तोके पनि केही सहकारी संस्थाहरूले डिलर लिएर खुलेआम ३४ सय रुपैयाँमा बेचिरहेका छन्। किसानहरू यसरी कालोबजारीको मारमा परेको भन्दै कुशवाहाले अनुदानको नाममा ठगी गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
प्रसौनी गाउँपालिका इन्चार्ज गणेश रामको अध्यक्षतामा र प्रदेश अध्यक्ष उमेश कुशवाहाको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त बैठकले कृषि मलको अभाव र कालोबजारीले मधेसका किसानको उत्पादनमा नकारात्मक असर परिरहेको भन्दै यसलाई राज्यको असक्षमताको रूपमा लिएको छ। पार्टीले दोषी डिलर र सहकारीहरूलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण