सरुवा हुन चाहने निजामती कर्मचारीले साउन मसान्तभित्र सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिनुपर्ने
सारांश
- निजामती कर्मचारीले साउन मसान्तभित्र सरुवाका लागि निवेदन दिनुपर्नेछ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गरेको छ।
- कर्मचारी विवरण अद्यावधिक गर्न र पठाउन मन्त्रालयको निर्देशन छ।
काठमाडौँ । आफू कार्यरत कार्यालयबाट सरुवा हुन चाहने निजामती कर्मचारीले यही साउन मसान्तभित्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।
मन्त्रालयका सचिव रविलाल पन्थले साउन २१ गते सचिवस्तरीय निर्णय गर्दै निजामती सेवा ऐन २०४९ को दफा १८ बमोजिम सरुवा हुन इच्छुक निजामती कर्मचारीहरूले साउन मसान्तसम्म निजामती सेवा नियमावली २०५० को अनुसूची ९ बमोजिमको ढाँचामा सरुवा निवेदन पेस गर्नुपर्ने निर्णय गरेका हुन् ।
सचिव पन्थले सबै मन्त्रालय, आयोग, सचिवालय र निकायहरूमा पदस्थापन, सरुवा र काममा खटाइएका कर्मचारीहरूको वैयक्तिक विवरण राष्ट्रिय कितावखाना (निजामती) सँग समन्वय गरी ७ दिनभित्र अद्यावधिक गरिसक्न पनि निर्णयमार्फत निर्देशन दिएका छन् ।
निर्णयको पत्र प्राप्त भएको एक साताभित्र सबै मन्त्रालय, आयोग, सचिवालय र निकायहरूले आफू अन्तर्गतका कार्यालयमा काम गर्ने निजामती कर्मचारीहरूको विवरण मन्त्रालयमा पठाउनसमेत उनले निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण