नेपालमा प्रचण्डको जोडा छैन : अग्नि सापकोटा
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालमा राजनीतिक संवादमा अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'को जोडा नभएको दाबी गरेका छन् ।
शुक्रबार नेकपा माओवादी केन्द्रले तयार पारेको भिडियो अन्तरवार्तामा सापकोटाले बुधबार कांग्रेस र एमाले बाहेक दलहरूको बैठक राखेर जुन संवाद गरेका छन्, त्यसले पनि पुष्टि भएको बताए ।
‘हिजो अध्यक्षले कांग्रेस र एमालेदेखि बाहेक सबै पार्टी, सरकारमै भएका पार्टीसमेतलाई समेटेर, उहाँले जुन निर्वाचन आयोगले पार्टीहरूको मूल्याङ्कन गर्ने विषयदेखि लगायत यहाँ अहिले गर्नुपर्ने विषयमा सबै विषयमा कुराकानी भएको छ । यसले अब तपाईंहरुलाई त झन् मैले भन्नै परेन, यसले नबुझेकाहरूले नि के बुझेछन् भन्ने लाग्छ भने, संवादमा नेपालमा प्रचण्डको जोडा अर्को छैन भनेर भनिराख्या छन्’, उनले भने, ‘अब हामी के सोच्दै छौँ भने– हाम्रो आन्दोलन पनि छ नि, हाम्रो आन्दोलन तात्कालिक कार्यनीतिक इस्युमा मात्रै हुँदैन । हाम्रो आन्दोलनले तात्कालिक कुराहरूलाई समस्या समाधान गर्नका लागि भूमिका खेल्छ–खेल्छ, त्यो कार्यनीतिक त हुन्छ–हुन्छ, त्यो रणनीतिसित जोडिनुपर्छ भन्ने छ ।’
उनले सातै प्रदेशको सदनलाई प्रभावकारी बनाउन सङ्घीय संसद्ले नेतृत्व गर्ने बताए । समाजवादी क्रान्तिको आधार तयार पार्ने कुरामा पनि सडककै दबाब प्रभावकारी बनाउने सापकोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण