निष्कासनमा परेका पूर्वउपाध्यक्ष साहको आरोप, ‘जनमत पार्टी निरङ्कुशतामा फसेको छ’
काठमाडौँ । जनमत पार्टीका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष ई. दीपक कुमार साहले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै पार्टीमा भ्रष्टाचार तथा निरङ्कुश प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् ।
जनमत पार्टीले नेता साहलाई अनुशासन विपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै हिजो मात्र साधारण सदस्यताको अधिकारसमेत खोस्दै पार्टीबाट निष्कासन गरेको थियो।
साहले पार्टीको निर्णयलाई व्यक्तिगत अपमानको रूपमा मात्र नभई सम्पूर्ण मधेसी जनता, सामूहिक आन्दोलन र स्वराज्यको सपनामाथि गरिएको गम्भीर प्रहारको रूपमा चित्रण गरेका छन् ।
जनमत पार्टीभित्र विचारहीनता मौलाउँदै गएको, दलाल पुँजीको प्रभुत्व बढेको र पार्टीमा भ्रष्टाचार तथा निरङ्कुश प्रवृत्ति हाबी भइसकेको साहको दाबी छ ।
उनले पार्टी नेतृत्वमाथि सहिद र आन्दोलनकारीको अपमान, अवसरवादी र दलालको नियन्त्रण, ‘प्रयोग गर र फाल’ नीति, सहिदको नाममा राजनीतिक व्यापार, वैचारिक विचलन, परिवारवाद, सत्ता मोह र आन्तरिक लोकतन्त्रको हत्या जस्ता आरोप लगाएका छन् ।
उनले पार्टी अब जनताको आवाज नभई भ्रष्टाचारको दलदलमा फसेको तथा डा. सीके राउतको निजी सम्पत्तिजस्तो बनेको कडा आरोप पनि लगाएका छन् ।
साहले विज्ञप्तिमार्फत मधेसका सजग नागरिक र कार्यकर्तालाई अन्याय र निरङ्कुशताविरुद्ध आवाज उठाउन आह्वान गरेका छन्। ‘यो समय लडाइँको हो, जागरणको हो, र परिवर्तनको हो,’ भन्दै उनले सहिदका अधुरा सपना पूरा गर्न सङ्घर्ष जारी राख्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण