शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
समाचार

पार्टी हित विपरीत काम गरेपछि दिपक साह जनमतबाट निष्कासित

बिहीबार, २२ साउन २०८२, १९ : ०५
बिहीबार, २२ साउन २०८२

काठमाडाैँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

साहलाई गत चैत १४ गते १४ बुँदे सुधारकाे सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो । 

कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्कासित हुनुपरेकाे हाे । 

photo

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप