कारागार कार्यालय रुपन्देहीको विज्ञप्ति : रवि लामिछानेलाई छुट्टै कोठामा बसोबासको व्यवस्था
सारांश
- रुपन्देही कारागारले रवि लामिछानेलाई सुरक्षा कारणले छुट्टै कोठामा राखेको छ।
- सहकारी ठगी मुद्दामा थुनिएका लामिछाने चार महिनादेखि कारागारमा छन्।
- कारागार प्रशासनले लामिछानेसँग नियमित भेटघाट गरी समस्या बुझ्ने जनाएको छ।
रुपन्देही । कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई छुट्टै कोठामा बसोबासको व्यवस्था मिलाइएको बताएको छ ।
कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा सहकारी ठगी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको उल्लेख गरिएको हो ।
कारागार प्रशासनले नियमित रूपमा लामिछानेसँग भेट गरी समस्या तथा आवश्यकताबारे सोधपुछ गर्ने र देखिएका समस्याको समाधान गर्ने काम गर्दै आएको जनाएको छ। लामिछानेलाई अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधा जस्तै सुविधाहरू विभेद नगरी प्रदान गरिएको कारागार पक्षको भनाइ छ। साथै, बाहिरबाट भेटघाट वा सञ्चार सुविधा लामिछानेको इच्छाअनुसार मात्र उपलब्ध गराइने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
लामिछानेबारे सञ्चारमाध्यममा विभिन्न समाचार आएसँगै कारागार प्रशासनले स्पष्ट पार्दै कारागारसँग सम्बन्धित संवेदनशील विषयमा समाचार प्रकाशन गर्दा सत्य तथ्य पुष्टि गरीमात्र सम्प्रेषण गर्न आग्रह समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण