जनैपूर्णिमाको अवसरमा पशुपतिमा चहलपहल (तस्बिरहरू)
सारांश
- आज जनैपूर्णिमा देशभर यज्ञोपवीत धारण, रक्षाबन्धन र क्वाँटी खाएर मनाइँदै छ।
- पशुपतिनाथ मन्दिर लगायत देशभरका मन्दिरमा जनै लगाउने र रक्षासूत्र बाँध्नेको भीड लागेको छ।
- आज दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने र दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ।
काठमाडौँ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।
काठमाडौँको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।
_yted91yNid.jpg)
आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ ।
_4uUA9sGiD0.jpg)
यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ । आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
_NffB68MUZb.jpg)
सत्ययुगमा दानवहरूद्वारा लखेटिएका देवताहरूलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरू अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ ।
_4zYYU8uBRZ.jpg)
सोही कथनअनुरूप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् ।
_RjjZEdXRml.jpg)
_sxjwpNXW29.jpg)
_RPeyJDgMgI.jpg)
_Doks82QKkM.jpg)
_JnISrJcR1o.jpg)
_EaWLMTbN9D.jpg)
_L02rpfCsrf.jpg)
_5iNf8HFtNQ.jpg)
_pv2RbxNyPq.jpg)
_uahPFHUkdx.jpg)
_hs1Bq3ymBL.jpg)
_TimamX7ctn.jpg)
_SsUm6zSe8u.jpg)
_lFZNhQBcjI.jpg)
_khISSj4Se6.jpg)
_ZxiOJ75jw1.jpg)
_RyJBa7vm3o.jpg)
_O1IgEY51FN.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण