शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु

शनिबार, २४ साउन २०८२, २२ : ४९
शनिबार, २४ साउन २०८२

सारांश

  • गाजामा इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका १० जनाको मृत्यु भयो, जसमा नागरिक पनि परेका छन्।
  • मध्य गाजाको सहायता केन्द्र नजिकै आक्रमण हुँदा ६ जनाको मृत्यु र ३० जना घाइते भए, इजरायलले अन्य क्षेत्रमा पनि आक्रमण गरेको छ।
  • युद्ध सुरु भएदेखि गाजामा खाद्यान्न, औषधि र इन्धनको अभाव छ, र इजरायलले गाजा सहर कब्जा गर्ने योजना बनाएको छ।

गाजा । गाजामा शनिबार भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।

मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई  लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उनले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन् ।

 अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित खाना वितरण केन्द्रहरूसहितका खाना वितरण केन्द्रहरूमा दैनिक हजारौँ गाजनहरू सहयताको लागि भेला हुने गरेको जनाइएको छ । पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गरी दैनिक आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइ रहेका छन् । 

युद्ध सुरु भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धन लगायतका आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ । शुक्रबार इजरायली सुरक्षा परिषद्ले गाजा सहर कब्जा गर्ने प्रधानमन्त्री नेतान्याहुको योजनालाई अनुमोदन गरेको थियो ।

 यसले विश्वभर आक्रोशको लहर निम्त्याए पछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतान्याहूले इजरायलले गाजालाई कब्जा गर्न नभई गाजालाई हमासबाट मुक्त गर्न खोजेको बताएका छन् ।

इजरायलले यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालबाट फिर्ता ल्याउन र प्यालेस्टिनी उग्रवादीहरूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गरी युद्धविराम सुनिश्चित गर्न बढ्दो दबाबको सामना गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप