वाईसीएल र अखिल (क्रान्तिकारी) द्वारा गोसाइँकुण्डमा २५ सय तीर्थयात्रीको निःशुल्क उपचार
आइतबार, २५ साउन २०८२, ११ : ११
सारांश
- वाईसीएल र अखिल (क्रान्तिकारी) ले रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा आएका तीर्थयात्रीहरूलाई नि:शुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरे।
- गोसाइँकुण्डमा स्वास्थ्य शिविर साउन १० गतेदेखि २५ गतेसम्म आयोजना गरिएको थियो, जहाँ करिब २५ सय तीर्थयात्रीलाई सेवा दिइयो।
- वाईसीएलले गम्भीर बिरामी परेका ५ जनालाई उद्धार गरी अस्पताल पुर्यायो, अध्यक्ष पुष्प ओलीका अनुसार।
काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) र अखिल (क्रान्तिकारी) ले रसुवा जिल्लाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेला भर्न जाने करिब २५ सय तीर्थयात्रीलाई निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरेको छ ।
धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको समयमा वर्षेनी ठुलो मेला लाग्ने गर्दछ। करिब चार हजार चार सय मिटर उचाइमा रहेको गोसाइँकुण्डमा पानी पर्ने मौसम, कठिन भूगोल र उचाइको कारण धेरैलाई देखिने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बागमती प्रदेश वाईसीएल र क्रान्तिकारीले संयुक्त आयोजनामा साउन १० गतेदेखि २५ गतेसम्म स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
यस्तै पाँच जना गम्भीर बिरामीलाई उद्धार गरी अस्पताल पुर्याउने काम गरेको छ। वाईसीएलका अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण