उत्तर कोरियासँग खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक
सारांश
- नेपालले एएफसी यू-२० महिला एसिया कप छनोटको खेलमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ।
- अघिल्लो खेलमा नेपालले साउदी अरबलाई पराजित गरेको थियो, सुक्रिया मियाँको निर्णायक गोलले जित दिलायो।
- समूह ए मा उत्तर कोरिया शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।
काठमाडौँ । २०२६ एएफसी यू–२० महिला एसिया कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले अहिले बलियो उत्तर कोरियाको सामना गर्दैछ । खेल भुटानको चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः ४५ बजे सुरु हुने खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ ।
आजको खेलमा नेपालले उत्तर कोरियालाई हराउनुपर्ने दबाबमा रहेको छ। अघिल्लो खेलमा नेपालले साउदी अरबलाई पराजित गरेको थियो । खेलको अन्तिम मिनेटमा सुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाइन् । पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
नेपाल समूह ए मा रहेको छ । यो समूहमा भुटान, उत्तर कोरिया र साउदी अरब रहेका छन् । समूहमा उत्तर कोरिया ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ भने १ अङ्क बटुलेको भुटान तेस्रो स्थानमा छ। साउदी अरब अङ्कविहीन रहेको छ ।
२०२६ एएफसी यु–२० महिला एसिया कप प्रतियोगिताको १२ औं संस्करण हो । यो प्रतियोगिता सन् २०२६को १ अप्रिलदेखि थाइल्यान्डमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण