भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी
सारांश
- चितवनको भरतपुर आँखा अस्पताल ठोरीमा उपचार गराउने ९० प्रतिशत बिरामी भारतीय छन्।
- गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी बिरामीमध्ये १४ हजारभन्दा बढी भारतीय नागरिकले उपचार सेवा लिए।
- अस्पतालले सस्तो शुल्कमा गुणस्तरीय उपचार प्रदान गर्दै आएको छ, जसका कारण भारतीय बिरामीको संख्या बढ्दो छ।
चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् ।
भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार गरेकामध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए । गत वर्ष ८३९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा १५ हजार जनाले सेवा लिएका थिए ।
अस्पतालमा विशेष गरी भारतको पश्चिमी चम्पारणबाट बिरामी आउने गरेको उनले जानकारी दिए । सो क्षेत्रका बिरामीले नजिक, सहज र सस्तो उपचार ठोरीमा पाउने गरेका छन् । भरतपुर आँखा अस्पताल सञ्चालक समितिका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले बहिरङ्ग (ओपिडी) सेवा लिनेले रु ८० को टिकटमा परीक्षण गर्न पाएको बताए ।
भारतीय क्षेत्रका बिरामी अधिकांश मोतियाबिन्दु र आँखाको नानीको चोटपटकको समस्या लिएर आउने गर्दछन् । ती बिरामीको आवश्यकताअनुसार शल्यक्रिया गर्नुपर्दा कम शुल्कमा उच्चस्तरको उपचार हुने भएकाले भारतीय बिरामीसमेत बढ्दो क्रममा रहेको उनको भनाइ छ । भारतीय क्षेत्रका ती बिरामीले नेपालको ठोरीमा उपचार नपाउँदा गोरखपुर पुग्नुपर्ने हुन्छ ।
भरतपुर आँखा अस्पतालले दाताहरुकोसमेत सहयोग पाउने हुँदा कम शुल्कमा उपचार सेवा दिन सकेको खड्काले बताए । कतिपय बिरामीलाई थप सेवा दिनुपर्दा भरतपुर आँखा अस्पताल ल्याएर उपचार गर्ने गरिएको छ ।
कतिपय समयमा भरतपुरबाट विभिन्न विषयका विज्ञ चिकित्सक गएर ठोरीमा नै पनि उपचार गर्ने गरिएको छ । भरतपुर आँखा अस्पतालले विभिन्न जिल्लाका २५ ठाउँबाट सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण