भूमि विधेयकमाथिको छलफलमा सांसदहरूमाथि खनिए मन्त्री अधिकारी : ‘पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना नगर्नुस्’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भूमिसम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सांसदहरूमाथि नै खनिएका छन् ।
आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्री अधिकारीले सांसदहरूले पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाए ।
विधेयकको केही प्रावधानमा सांसदहरूले फेरि प्रश्न उठाएकोप्रति उनले आपत्ति जनाए । सिरानको विषयलाई पुछारको विषयसँग जोडेर विवाद सिर्जना नगर्न समेत उनले आग्रह गरे । मन्त्री अधिकारीले विधेयकमाथि व्यवस्थित छलफल हुन नसकेको भन्दै असन्तोष समेत व्यक्त गरे ।
उनले भने,‘सिरानको विषयमा छलफल भएको छ । पुछारको कुरा जोडिदिएको छ । यस्तो गरेर यो विधेयकको टुङ्गो पनि लाग्दैन र हामी सबल पनि देखिँदैनौँ । यो कुराहरूमा माननीयज्यूहरूको ध्यान जान जरुरी छ । के के कुरा गर्ने र के के कुरा नगर्ने भन्ने विषय हामीले अस्तिको छलफलमा टुङ्ग्याइसकेका छौँ । त्यसका आधारमा सम्बन्धित पक्षले एउटा प्रस्ताव लिएर आउनुहोस् भनेको आधारमा आएको विषय नै सरकारले लिएर आएको छ । अस्वीकार गर्ने र आज आएर भएन भनेर फेरि अर्को प्रश्न खडा गर्ने ? कुराले व्यवस्थित छलफल भएको भन्ने बुझिन्न । भाषागत कुरामा ध्यान जान जरुरी छ ।’
विधेयकले गरेका व्यवस्थामा सैद्धान्तिक छलफलमा नै सहमति भइसकेको उल्लेख गर्दै उहाँले दफावार छलफलका क्रममा भाषागत विषयमा ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण