मिडिया काउन्सिल विधेयक र अनलाइन दर्ता सम्बन्धी नयाँ व्यवस्था खारेज गर्न माग
सारांश
- पाँच पत्रकार संगठनले मिडिया काउन्सिल विधेयक र अनलाइन दर्ता सम्बन्धी नयाँ व्यवस्था खारेज गर्न माग गरेका छन्।
- पत्रकार संगठनले मिडिया काउन्सिल विधेयक सरकार नियन्त्रित र प्रतिगामी भएको बताएका छन्।
- संगठनहरूले आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । पाँच पत्रकार संगठनले मिडिया काउन्सिल विधेयक र अनलाइन दर्ता सम्बन्धी नयाँ व्यवस्था खारेज गर्न माग गरेका छन् ।
आइतबार प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस सङ्गठनका अध्यक्ष नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले संयुक्त विज्ञप्ति निकाल्दै मिडिया काउन्सिल विधेयकका महत्त्वपूर्ण विधेयक सरकार नियन्त्रित र प्रतिगामी भएकाले खारेज गर्नुपर्ने तथा केही नेपाल ऐन संशोधनमार्फत अनलाइन दर्ता जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान खारेज गर्न माग गरेका हुन् ।
उनीहरूले आम सञ्चारसम्बन्धी एकीकृत कानुन छिटो बनाउन माग समेत गरेका छन् । विज्ञप्तिमा उनीहरूले आफ्ना माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण