निरन्तर वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त
सोमबार, २६ साउन २०८२, १० : ०३
सारांश
- उदयपुरका किसानहरू निरन्तर वर्षापछि रोपाइँमा व्यस्त भएका छन्।
- कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ।
- लामो खडेरीका कारण रोपाइँ रोकिएकोमा वर्षाले किसानलाई राहत मिलेको छ।
उदयपुर । निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् । उनीहरूलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न भ्याइनभ्याइ भएको हो ।
कृषि ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको छ ।’
जिल्लाको त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएका छन् । लामो खडेरीको कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ प्रयोग गरेर रोपाइँ गरेका थिए, भने पहाडी क्षेत्रका खोलानालाको स्रोत नै सुकेका कारण रोपाइँ ठप्प भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण