गण्डकीमा कुन कार्यालय खारेज भए, कुन कार्यालय कहाँ गाभिए ? (सूची)
सारांश
- गण्डकी प्रदेश सरकारले विभिन्न निर्देशनालय र कार्यालयहरू खारेज गर्दै मर्ज गरेको छ।
- प्रदेश सरकारले ७ वटा निर्देशनालय खारेज गरी ३२ वटा कार्यालयलाई गाभेर १७ वटामा सीमित गरेको छ।
- पर्यटन र सामाजिक विकास कार्यालयहरू मर्ज गरिएका छन्, र केही जिल्लाका कार्यालयहरू एक आपसमा गाभिएका छन्।
पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा कार्यालय खारेज र मर्ज गरेको छ । प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार खारेज भएका निर्देशनालय र केन्द्रहरू
१. कृषि विकास निर्देशनालय
२. पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
३. स्वास्थ्य निर्देशनालय
४. शिक्षा विकास निर्देशनालय
५. प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
६. प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र
७. पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
८. प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
९. प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र
३२ कार्यालय गाभिएर १७ मा सीमित
यसैगरी प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका ३२ वटा कार्यालयलाई एक आपसमा गाभेर १७ वटामा सीमित गरेको छ । खासगरी पर्यटन र सामाजिक विकास कार्यालयहरू मर्ज गरिएको छ ।
पर्यटन तथा उद्योगतर्फ :
१. म्याग्दी र मुस्ताङ गाभेर म्याग्दीमा राख्ने
२. पर्यटन कार्यालय बागलुङ र पर्वतलाई गाभेर पर्वतमा राख्ने
३. कास्की र स्याङ्जा गाभेर कास्कीमा राख्ने
४. पर्यटन कार्यालय गोरखा र तनहुँलाई गाभेर गोरखामा राख्ने
५. लमजुङ र मनाङ गाभेर लमजुङमा राख्ने
६. नवलपुरको कार्यालय नचलाउने
सामाजिक विकासतर्फ
१. म्याग्दी र मुस्ताङ गाभेर म्याग्दीमा राख्ने
२. बागलुङ र पर्वत गाभेर बागलुङमा राख्ने
३. कास्की र स्याङ्जालई गाभेर स्याङ्जामा राख्ने
४. तनहुँ र गोरखा गाभेर तनहुँमा राख्ने
५. लमजुङ र मनाङ गाभेर लमजुङमा राख्ने
६. नवलपुर कार्यालय नचलाउने
कृषि : मनाङ र मुस्ताङमा रहेको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई गाभेर एकीकृत कार्यालय बनाइएको छ।
प्रयोगशाला : बागवानी तथा मत्स्य परीक्षण प्रयोगशाला र प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रलाई गाभेर एकीकृत प्रयोगशाला बनाइएको छ।

_dqYHTeazql.jpg)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण