मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भारतको फुटबल महासंघले यू–२० महिला टोलीलाई २५ हजार डलर पुरस्कार दिने

सोमबार, २६ साउन २०८२, १३ : ५८
सोमबार, २६ साउन २०८२

सारांश

  • अखिल भारतीय फुटबल महासंघले यू-२० महिला राष्ट्रिय टोलीलाई २५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।
  • टोलीले दुई दशकपछि पहिलो पटक एएफसी यू-२० महिला एसियन कपका लागि छनोट भएको छ।
  • भारत समूह 'डी' को छनोटमा अपराजित रहँदै एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको हो।

काठमाडौँ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले यू–२० महिला राष्ट्रिय टोलीलाई २५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । 

दुई दशकपछि पहिलो पटक एएफसी यू–२० महिला एसियन कपका लागि छनोट कारण टोलीलाई पुरस्कार दिने भएको हो ।

भारतले यसअघि सन् २००६ मा एएफसी यू–२० महिला एसियन कपका लागि छनोट भएको थियो । भारतीय यू–२० महिला टोली समूह ‘डी’ को छनोटमा अपराजित रहँदै एएफसी यू–२० महिला एसियन कपमा स्थान बनाएको हो । 

भारतले इन्डोनेसियासँग ०–० गोलको को बराबरी खेल्दा तुर्कमेनिस्तानलाई ७–० ले हराएको थियो । त्यसपछि म्यानमारलाई १–० ले पराजित गर्न सफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप