यी हुन् गण्डकी सरकारले खारेज गरेका १८५ कर्मचारीको दरबन्दी (सूचीसहित)
सारांश
- गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौतीको लागि धेरै कार्यालयहरू खारेज गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले ९ कार्यालय खारेज र ३२ मर्ज गरेर १७ वटा बनाउने निर्णय गर्यो।
- यस निर्णयले सरकारको वार्षिक ५० करोड रुपैयाँ बचत हुने र १८५ कर्मचारीको दरबन्दी घट्नेछ।
पोखरा । गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौतीका लागि व्यापक मात्रामा कार्यालय खारेजी र मर्जको निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ कार्यालय पूर्णतः खारेज गर्ने र ३२ कार्यालय मर्ज गरेर १७ वटा कार्यालयमा कायम गरिएको छ ।
यी कार्यालय खारेज गर्दा १ सय ८५ कर्मचारीको दरबन्दी कटौती भएको छ । यो निर्णयले प्रदेश सरकारको वार्षिक करिब ५० करोड रुपैयाँ बचत हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयमा ५७ जनाको दरबन्दी खारेज गरिएको छ । यस्तै, वन तथा वातावरण मन्त्रालयमा ३२, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा २५, र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा २४ जनाको दरबन्दी कटौती भएको छ ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा १४, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३, उद्योग तथा पर्यटन मन्त्रालयमा ९, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा ७, नीति तथा योजना आयोगमा ३ र प्रदेश सभा सचिवालयमा १ जनाको दरबन्दी खारेज गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण