शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

२४ घण्टे उर्दी नमानेपछि गृह मन्त्रालयले काट्यो १४ कर्मचारीको हाजिरी

सोमबार, २६ साउन २०८२, १५ : ०६
सोमबार, २६ साउन २०८२

सारांश

  • गृह मन्त्रालयले तोकिएको स्थानमा नजाने १४ कर्मचारीको हाजिरी काटेको छ।
  • एक महिनासम्म खटाएको स्थानमा नगएपछि २४ घण्टे पत्रको अवज्ञा गरेपछि हाजिरी काटिएको हो।
  • २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिइएकोमा ८ जना मात्रै खटिएका थिए।

काठमाडौँ । तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ । 

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई-हाजिरी दुवै काटिएको हो । 

एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयको कर्मचारी महाशाखाले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई साउन १५ गते २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो । 

उनीहरूको साउन २० गतेबाट दुवै हाजिरी काटिएको महाशाखाका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

‘२३ कर्मचारीलाई २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिइएकोमा ८ कर्मचारी मात्रै सम्बन्धित स्थानमा खटिएका छन् । बाँकीको मन्त्रालयमा रहेको हाजिरी काटिएको छ,’ ती अधिकृतले भने । 

मन्त्रालयको प्रशासन महाशाखाले साउन १६ गते मन्त्रालयको वेब पोर्टलमा सूची सार्वजनिक गरेको थियो । 

खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत र साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा थिए । 

ती मध्य सात शाखा अधिकृत र एक नायब सुब्बा भने तोकिएको स्थानमा गएका छन् । 

तोकिएको स्थानमा जाने शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरन्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे छन् । 

एक नायब सुब्बा तोकिएको स्थानमा गएका छन् । बाँकीको हाजिरी काटिएको हो ।  

यस्तो छ २४ घण्टे उर्दी काटिएका कर्मचारीहरूको सूची-

525618765_1706392960402335_3695993293966656370_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप