पाकिस्तानमा पहिरोमा परेर सात जनाको मृत्यु
सोमबार, २६ साउन २०८२, १६ : ०७
काठमाडौँ । पाकिस्तानको कब्जामा रहेको कश्मीरको गिलगित क्षेत्रमा बाढीले ठुलो क्षति पुर्याएको छ । आइतबार राति गिलगित बाल्टिस्तानको दान्योर नाला क्षेत्रमा पहिरेमा परेर कम्तीमा सात जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर अन्य ६ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । पहिरोमा परेका मानिसहरू क्षतिग्रस्त नहर मर्मत गर्ने काममा संलग्न थिए ।
स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको प्रहरीले बताएको छ । अस्पतालका अधिकारीहरूले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अझै धेरै मानिसहरू भग्नावशेषमा फसेको हुन सक्ने आशङ्का गरिएको छ ।
पाकिस्तानी मिडिया रिपोर्टका अनुसार बाढीले सुरक्षा पर्खाल ध्वस्त भएका छन् । खेतहरू बाढीको पानीले भरिएका छन् भने ५० भन्दा बढी घरहरू खतरामा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण